
कैलाली, कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– ११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिएका छन ।
गोदावरी नगरपालिका– ९ स्थित भित्री सडकबाट राँगा डल्लवमा तिन गोलीया सालको काठ लगी रहेको अवस्थामा राँगा, डल्लवसहित धनगढी उपमहानगरपालिका –११ बेलाका मुन्ना चौधरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताएका छन ।
सोही नगरपालिकाको वडा नं ९ स्थित सिद्धार्थ फर्निचर उद्योगका सञ्चालक जगतराम चौधरीको घर कोठामा लुकाइछिपाइ राखेको अवस्थामा सिसमका विभिन्न साइजको ८१ थान कडी, ९१ थान फ्रेम र सालका १६ थान कडी र २२ थान फ्रेम बरामद गरिएको बताइएको छ ।







