काठमाडौं : चैत १६ गते,मंगलबार सुनको भाउ तोलामा १३०० रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १३०० रुपैयाँले घटेर ९९ हजार ५०० रुपैयाँ कायम भएको छ ।नेपाल सुन,चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सोमबार छापावाल सुनको भाउ १ लाख ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १३७० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको थियो भने आज १० रुपैयाँले सस्तिएकाे छ ।








