
काठमाडौं,चैत ११ गते । गएको २४ घण्टामा १८ जना संक्रमित थपिएको छ। ४ हजार ३४२ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट १२ जना र एन्टीजेन परिक्षण विधिबाट ६ जना गरि १८ “जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २७१ जना डिस्चार्ज भएका छन् हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६३८६१ जना पुगेका छन् ।
त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ जना पुगेका छन् ।







