
चौतरा, जुगल गाउँपालिका–२ लिदीका पहिरो पीडितहरुका लागि बाह्रविसे नगरपालिकाले आर्थिक सहयोग गरेको छ । बाह्रविसे नगरपालिकाले लिदीका पहिरो पीडितहरुका लागि २ लाख ५० हजार रुपियाँ सहयोग गर्ने विज्ञप्ति मार्फत घोषणा गरेको छ ।
बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दे पीडाको यो समयमा सबै स्थानीय सरकार एकै ठाउँमा रहेको सन्देशका लागि थोरै भएपनि सहयोग प्रदान गरिएको बताएका छन् ।

बाह्रविसे नगरपालिकामा पनि असार २४ गते आएको बाढीपहिरोले बाह्रविसे नगरपालिका–५ जम्बुमा एउटा बस्ती नै पुर्दा १६ अझै वेपत्ता छन् भने दुइ जनाको दुःखद निधन भएको छ यस्तो अवस्थामा थोरै भएपनि सहयोग होस भन्ने उदेश्यले हामीहरुले सहयोग गर्न लागेका हौ मेयर शेर्पाले बताएका छन ।हाम्रो नगरपालिका पनि बाढीपहिरो लगायत प्राकृतिक विपत्तीबाट बाट यतिबेला समस्यामा छ । हामी जस्तै समस्यामा यतीबेला जुगल गाउँपालिका पनि छ ।
यो दुःख र पीडाको घडीमा हामी सबै एकै हुनुपर्छ, हिजो हामीलाई दुःख प¥यो, आज जुगललाई दुखेको छ र भोली अरुलाई पनि यो समस्या पर्न सक्छ विज्ञीपतमा मेयर शेर्पाले भनेका छन् ।यस्तो दुःखका बेला हामी सबै स्थानीय सरकार एकै ठाउँमा उभिएर यस्ता प्राकृतिक विपत्ती लगायत अन्य समस्यालाई मिलेर समाधान गर्दे स्थानीयको दुखेको घाउमा मल्हम लगाउन पर्छ भन्ने हाम्रो मान्यता छ मेयर शेर्पाले बताएका छन ।







