अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन भ्रमणको सम्भावनाको बारेमा खोजी गरिएको थिएन । तर युद्धग्रस्त क्षेत्रमा नजानुका पछाडि केही कारण भएको ह्वाइट हाउसका प्रेस सल्लाहकार जेन साकीले बताएकी छन् ।

‘हामीले यस विकल्पको बारेमा खोजी गरेका छैनौ,’ युक्रेनको भ्रमणको बारेमा पनि सोच्न सकिन्छकी भनेर सोधिएको प्रश्नमा साकीले बताइन् ।बाइडेनको युक्रेन भ्रमणको विषयमा कुनै पनि किसिमका योजना नभएको उनले ट्वीटरमार्फत बताएकी छन् ।
युद्धग्रस्त क्षेत्रमा भ्रमण नगर्नु सुरक्षा चासोबाट मात्रै होइन । त्याहाँ प्रसस्त मात्रामा स्रोत साधन भएको र त्यसबाट युक्रेनको अवस्थाको बारेमा थाहा पाउन सकिने भएकाले सोही मुलुकमा भ्रमण गर्नु आवश्यक नभएको प्रवक्ताले बताइन् । यो सधैको कारण हो । यो भन्दा पूर्वका समयमा पनि यसै किसिमबाट कुनै पनि मुलुकको अवस्थाबारे जानकारी लिन सकिन्थ्यो ।
‘तर राष्ट्रपतिले पनि महसुस गरे र सुरक्षा टोलीले निरन्तर सैन्य समन्वय, मानवीय र आर्थिक समन्वय दुवै निर्धारण गर्न ब्रसेल्समा नेटो नेताहरु, जि–७, ईयूसँग बैठक बोलाएर सबैभन्दा प्रभावकारी यात्रा गर्न सक्ने महसुस गरे ।
‘नजिकैको पोलयान्डमा गएर शरणार्थी, शरणार्थी सहयोगको बारेमा कुराकानी गर्न सकिन्छ,’साकीले बताइन् ।बाइडेनले मार्च २४ मा ब्रसेल्समा आयोजना हुने नेटोको सम्मेलन र अन्य भेटघाटमा भाग लिने समयतालिका निर्धारण गरिएको छ । त्यसपछिका दिनमा उनी आफ्नो पोलिस समकक्षीसँगको भेटघाटमा जान सक्ने ह्वाइट हाउसले जनाएको छ ।एजेन्सी







