
काठमाडौं, नेकपा एमालेले आज ईलामम शक्ति प्रदर्शन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार इलामको सूर्योदय नगरपालिकामा पुगेका हुन् ।
फिक्कल बजार इलामको निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित जनसभामा सहभागी हुन उनी इलाम आएका हुन् ।
फिक्कल चोकमा आयोजित जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्दैछन् भने उनीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ जनसभालाई सम्बोधन गर्दैछन् ।

यसैगरी बजारमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई ओलीले स्वागत गरेका छन् । इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए ।







