
काठमाडौं, प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
कांग्रेस सभापति समेत रहेका देउवाले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएको सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले जानकारी दिइन ।
नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको उक्त बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।







