
बारा, जिल्ला प्रहरी कार्यालय बारा मातहत इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले शनिबार दिउसो करिब ३ बजेतिर जिल्ला बारा फेटा गाउँपालिका वडा नं.१ रजवटिया चौकबाट ना ६ त ४८१८ नं.को ट्रेक्टरमा अं.मुल्य रू. ६०,०००/- बराबरको ११ क्विन्टल केराउ लोड गरी भारततर्फ लगी रहेको अवस्थामा केराउ फेला पारी केराउ लोड रहेको अं.मु.रू.७,००,०००/- पर्ने उक्त ट्रेक्टर समेत बरामद गरी भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि बरामद केराउ तथा ट्रेक्टर आज मूल भन्सार कार्यालय वीरगंजमा पठाइएको बारा प्रहरीले जनाएका छन ।
त्यसै गरि जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालय समेतबाट मिति २०७७/०४/०१ गतेदेखि हालसम्म (एक महिना अवधिमा) चाँदी-२५ किलो २०० ग्राम, सवारी साधन-९, लताकपडा, किराना सामग्री तथा चौपाया-१६ समेत गरी मुल्य रू.२७,९२,३३३/- बराबरको भन्सार छलीका मालसमान तथा तस्कारीमा संलग्न-३ जना मानिसहरू समेतलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय वीरगंजमा बुझाइएको बारा प्रहरीले जनाएका छन ।






