
गोरखामा, गोरखामा पहिलो पटक कालाज्वरको बिरामी फेला परेको छ । हरमटारीकी एक महिलामा कालाज्वर देखिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि काठमाडौं पुगेकी सो महिलामा कालाज्वर पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले भने, ‘जिल्लामा यो पहिलो केस हो, यस अघि गोरखामा कालाज्वरका बिरामी फेला परेका थिएनन् ।’
यसैगरी कालाज्वर समस्या देखिएको जानकारी आएपछि बिरामीको परिवारसँग सम्पर्कको प्रयास गरिएको र त्यसपछि मात्र आधिकारिक जानकारी सार्वजनिक हुने स्वास्थ्य कार्यालयका नारायबाबु अर्यालले जानकारी दिएक छन् ।
लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग विशेषत तराई क्षेत्रमा मात्र देखिने गर्थो । पूर्वी तराई क्षेत्रमा मात्र देखिने यो रोग अहिले पहाडी क्षेत्रमा पनि देखिन थालेको छ ।





