
काठमाडौं,गएको २४ घण्टामा नेपालमा २७५ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ८ हजार ६२८ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट १५८ जना र एन्टीजेन परिक्षण विधीबाट ११७ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । थप ५५५ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७.७ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ९३२ जना पुगेका छन् ।







