
काठमाडौं माग २३ गते। गएको २४ घण्टामा नेपालमा १ हजार ३४६ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार २५१ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट ६४४३ जना र एन्टीजेन परिक्षण विधीबाट २८०८ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । थप ८७०४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९४.१ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ८१४ जना पुगेका छन् ।







