
पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ ।शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ।
अस्ट्रिया–स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियाली गाइड मारिएका हुन् ।अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन् ।







