
बिरगन्ज – बिरगंजको नारायणी अस्पतालका गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। संक्रमित हुनेहरुमा पर्सामा २६ जना रहेका छन्।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार १२ महिला सहित दुई वर्ष देखि ६९ वर्ष उमेर समूहका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। ति मध्ये १२ जना नारायणी अस्पतालकै स्वास्थ्यकर्मी एवं कर्मचारी रहेको बताईएको छ। त्यस्तै गरि बारा सिमराका १९ जना रहेका छन्।
संक्रमित हुनेमा एकजना भारतीय महावाणिज्य दुतावासका एक जना कर्मचारी समेत रहेका छन्। त्यसैगरी महोत्तरीका २ जना र बारा विश्रामपुरका एक जना रहेका छन्।






