
काठमाडौं, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हाल भैरहेको राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनले सबै सिटमा जित हाँसिल गर्ने दाबी गरेका छन् ।
बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘राष्ट्रियसभामा अहिले उठाईएका जम्मै ठाउँमा हामी जित्छौं । विजयी हुनेछौं । त्यो परीणामले पनि एउटा तरंग पैदा गर्नेछ । तपाईँहरु सुनिरहनुभएको छ, स्थानीय तहको निर्वाचन कहिले गर्ने, संघीय चुनाव कहिले गर्ने, यसबारेमा व्यापक छलफल भएको छ ।’







