
काठमाडौं, इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको लिभरपुल र तेस्रो स्थानको चेल्सी विजयी भएको छ । गए राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोलले हरायो ।
जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक बनाएको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २३ खेलबाट ५७ अंक छ । पराजित क्रिस्टल २४ अंक सहित १३औँ स्थानमा छ ।
घरेलु मैदानमा चेल्सीले टोट्टनहामलाई २–० गोलले स्तब्ध बनाएको हो । लिभरपुलको जितमा भर्जिल भानडाइक, एलेक्स अक्सलेड चेम्वरलेन र फाविन्होले गोल गरेका थिए । क्रिस्टल प्यालेसका ओड्सोनी इडुआर्डले सान्त्वना गोल फर्काए ।
यसैगरी ३२औँ मिनेटमा चेम्वरलेनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । ५५औँ मिनेटमा क्रिस्टल प्यालेसका ओड्सोनीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएने प्रयास गरे । तर ८९औँ मिनेटमा फाविन्होले गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए ।







