
वीरगंज, महागढीमाई फाउन्डेसन नेपाल र लायन्स क्लब अफ महागढीमाईले संयुक्त रुपमा विपन्न परिवारलाई कम्बल वितरण गरेकाे छ ।
फाउन्डेसन र क्लबले बाराकाे महागढीमाई नगरपालिका-२ बरियारपुरमा एक समारोहकाबीच चिसाेबाट प्रभावित विपन्न परिवारलाई कम्बल वितरण गरेकाे हाे ।
लायन्स क्लबका अमिचन महताेका अनुसार स्थानिय विपन्न परिवारका १५० जनालाई कम्बल वितरण गरिएकाे हो । लायन्स क्लबका राजेशवर कुशवाहाकाे अध्यक्षता र इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी सहायक निरिक्षक सुबास यादवकाे प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा लायन्स क्लब महागढीमाईका विकी महताे, जियालाल कशवाहा, जयराम कुशवाहा लगायतले कम्बल वितरण गरेका थिए ।


यसैगरी कार्यक्रममा बोल्दै प्रहरी सहायक निरिक्षक यादवले समाजिक संस्थाबाट शितलहरकाे बेला कम्बल सहयाेग सराहनिय काम भएकाे बताएका छन् । उनले हाल काेराेनाकाे जाेखिम रहेकाेले भिडभाड नगरी स्वास्थ्य सुरक्षता ध्यानमा राख्दै सुरक्षित रहन सबैमा आग्रहसमेत गरेका थिए ।







