
इस्लामावाद, कोरोना महामारी पुनः बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।अधिकारीहरुका अनुसार कोरोना सङ्क्रमितमध्ये एक हजारभन्दा बढी बिरामी हाल पनि आइसियुमा रहेकाले सतर्कता बढाउनु परेको हो ।
महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।सरकारी निकायद्वारा जारी वक्तव्यमा भनिएको छ, “सबै प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ ।”
गत २४ घण्टामा त्यहाँ कोरोनाका कारण १२ को मृत्यु भएको छ । कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २९ हजार ७७ को मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।
सोही अवधिमा देशभर १३ लाख ६० हजार १९ सङ्क्रमित भएका छन् । तीमध्ये छ हजार ५४० पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित थपिएका हुन् ।एजेन्सी







