
काठमाडौं, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।
शनिबार चाक्सीबारीस्थित आफ्नै निवासमा डाक्टर मिता सिहको पुस्तक ‘द स्ट्रगल अफ गणेशमान सिंह’ को लोकार्पणपछि सञ्चारमाध्यमसँग बोल्दै उनले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचन समयमै हुनुपर्ने बताएका हुन् ।
नेता सिंहले संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै पाँच दलीय गठबन्धन सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भएको बताए ।
उनले भने, ‘त्यसै बनेको गठबन्धन सरकार होइन। यसको पृष्ठभूमिलाई हामीले बिर्सनु भएन । त्यो कारणले धेरै काम मध्येमा यो गठबन्धनको सरकारको सबैभन्दा महत्वपूर्ण कार्य भनेको संविधानको भावना र मर्मअनुसार शासन व्यवस्था सञ्चालन गर्नु नै हो।’







