
काठमाडौं, हाल विश्वभर कोरोना संक्रमितको सङ्ख्या ३४ करोड नाघेको छ । यो सामाग्री तयार पार्दासम्म नयाँ ३२ लाख ७२ हजार सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड २८ लाख नाघेको हो ।
वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा १६ लाख निको भएका छन् भने सोही अवधिमा आठ हजार सङ्क्रमितको मृत्यु भएको छ ।
हालसम्म संयुक्त राज्य अमेरिकामा मात्रै संक्रमितको संख्या ७ करोड नाघेको छ । अमेरिकामा मात्र २४ घण्टामा चार लाख ९३ हजार नयाँ सङ्क्रमित थपिँदा १ लाख ५ हजार निको भएका छन् भने दुई हजार बढीको मृत्यु भएको छ ।







