
काठमाडौं, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ । मंगलबार र बुधबार दुईदिन नियमित ओरालो लागेको नेप्से आज ३३.०३ अंकले बढेर २९ सय ३१.३४ विन्दुमा पुगेर बन्द भएको छ।
यसदिन २२९ कम्पनीको सेयर कारोबार भयो। ती कम्पनीको १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरमा किनबेच भयो। यसैगरी सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले वृद्धि भएको छ ।
यसअघि बुधबार नेप्से परिसूचक ३८.३५ अंकले ओरालो लाग्दा कारोबार रकम साढे ६ अर्बमा सिमित भएको थियो। मंगलबार ८ अर्ब बढीको सेयर कारोबार भएको थियो। आइतबार र सोमबार नेप्से ओरालो लागेको थियो।
कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको परिसूचक बढेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको परिसूचक ३.०४ प्रतिशत बढेको छ भने, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
यसदिन ११ समूहको परिसूचक बढ्दा बैंकिङ्गको ०.०५ र म्युचुअल फण्ड समूहको परिसूचक ०.१४ प्रतिशतले घटेको हो। कारोबार रकमका आधारमा यसदिन आइएमइ जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यसदिन सो कम्पनीको २२ करोड २० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्नपूर्ण पोस्टबाट







