
काठमाडौं, कोरोना संक्रमण पुनः तिव्र गतिमा फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ ।
भारतीय उड्डयन अधिकारीहरूका अनुसार कोरोनाको जोखिम कम गर्न भन्दै भारतले उडान स्थगित गरेको हो । भारतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको परिपत्रअनुसार नागरिक उड्डयनसँग सम्बन्धित निकायबाट स्वीकृति लिएका र सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन ।
पछिल्लो सरकारी निर्णय अनुसार भारतबाट विदेश जाने र विदेशबाट भारत आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को मध्य राति १२ बजेसम्मका लागि विस्तार गर्ने निर्णय गरिएको छ ।
यद्यपि ‘एअर ववल’ प्रबन्ध अन्तर्गत् दुई देशबीच सम्झौता भएर संचालन हुने उडानहरू भने यस निर्णयबाट प्रभावित नहुने जनाइएको छ ।एजेन्सी







