
माग ५ गते दक्षिण काेरिया । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले सलनालमा अधिवेशन गर्ने भएको छ । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेदै आएको यस संस्थाले अधिवेशन पश्चात् नयाँ कार्यसमिति चयन गर्नेछ ।
सम्पर्क मञ्चको गएको आइतबार बसेको बैठकबाट आगामी सलनालमा अधिवेशन गर्ने निर्णय गरेको हो ।उक्त संस्थाका सदस्य रुद्र पाैडेलका अनुसार बैठकले राज खनालको अध्यक्षतामा भेला आयोजक कमिटी पनि बनाएको छ ।
त्यसैगरी संस्थाका सचिव जीवन आचार्यका अनुसार उक्त बैठकले बाबुराम आचार्य संयोजक रहने गरी निर्वाचन समिति पनि बनाएको बुझिएको छ।त्यस समितिका सदस्य प्रमुखमा विनोद खनाल रहेका छन् त्यसैगरी सदस्यहरुमा वैरागी माईला , पुकार साह, गणेश थापा, सुसील शाही,दिपक राज बन्जाडे , मिन पोखरेल छन् ।
संस्थाले नयाँ प्रतिनिधि चयनका लागि अर्घाखाँचीबाट दक्षिण कोरियामा रहेका नागरिकहरुलाई अनलाइनमार्फत नाम दर्ताका लागि आह्वान समेत गरेको छ ।
नाम दर्ताका लागि सम्बन्धित सबैले तलकाे लिङ्कमा जान सकिनेछ ।
https://docs.google.com/forms/d/e/1FAIpQLSd6fUAY09ZOQvbYIN3uDMx5-_CFd06j9aIeGsaJa3BCsqYzTw/viewform?usp=sf_link







