
काठमाडौं, बुधबार नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमित फेला परेका छन् । गत २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ पीसीआर परीक्षणमा ९ हजार ५०२ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १ हजार ८५० मा संक्रमण देखिएको हो ।
२४ घण्टामा जम्मा परीक्षण २३ हजार ४०९ रहेको छ ।यसैगरी २४ घण्टामा ६१३ जना निको भएका छन् भने ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।







