
काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । महामन्त्री शर्माले आफूसहित सपरिवारलाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
महामन्त्री शर्माको परिवारलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । शर्माले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्दा कोरोना संक्रमण भएको बताएका छन् ।







