
साना, यमनको राजधानी सानामा सोमबार राति हवाई हमला गरेको छ । उक्त हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कयौँ हुथी विद्रोहीसमेत घाइते भएका छन् । हुथीहरूको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाई हमला गर्दै आएको छ ।
यस्तै सोमबारको आक्रमण पनि हुथीहरूलाई लक्षित गरेर गरिएको थियो । एजेन्सी






