
काठमाडौं, आइतबार नेपालमा थप ४ हजार ९६१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआरमा ५ हजार ५३४ र २ हजार ५६९ को एन्टिजेन परीक्षण गर्दा ४२७ लाई संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ४३५ संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५४ हजार ३१२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।







