
काठमाडौं, नेपालमा एकैदिन ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित भएका छन् । देशभर १४ हजार ५५५ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट ३ हजार ७०३ र एन्टिजेनबाट ९३३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल देशभर सक्रिय संक्रमितको संख्या बढेर २१ हजार ५८४ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३५० जना संक्रमित कोरोनामुक्त भएका छन् भने कोरोना संक्रमणबाट थप चार जना संक्रमितको मृत्यु भएको छ । यसैगरी पछिल्लो एक हप्तादेखि नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वातै बढेको छ ।







