
काठमाडौं, वैदेशिक रोजगार कार्यालय काठमाडौंले आईतबारबाट अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएको छ ।
२०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेको भए पनि अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुने भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार
श्रम स्वीकृतिलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाई छिटो, छरितो र पारदर्शीरुपमा गुनासोरहित सेवाप्रवाह गर्न पछिल्लो तयारी भईरहेको छ ।
यसैगरी यो व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको छ ।







