
काठमाडौं, काराबाओ कप फूटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् । सेमिफाइनलको पहिलो लेगमा लिभरपुल र आर्सनलबीचको खेल गोलरहित बराबरीमा सकिएको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलले दश खेलाडीमा सिमित आर्सनललाई पराजित गर्न सकेन । खेलको २४औं मिनेटमै आर्सनलका ग्रानिट शाकाले रेड कार्ड पाएका थिए ।
यसैगरी दोस्रो लेग आर्सनलको मैदान इमिरेट्स रंगशालामा यही २० तारिखमा हुनेछ ।एजेन्सी







