
काठमाडौं, बुधबार थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २७८ जना कोरोना निको भई डिस्चार्ज भएका छन् ।
स्वाद तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।
सोही अवधीमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । यसैगरी मंगलबार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको थियो ।







