
नयाँदिल्ली, भारतमा एकैदिनमा झण्डै दुई लाख नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ ।
त्यहाँ दैनिक नयाँ सङ्क्रमितहरुको बृद्धिदर ११.५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । महामारीको प्रभाव सबैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ । महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमितमध्ये चार हजार ८६८ जना ओमिक्रोनभाइरसबाट सङ्क्रमित रहेको जनाइएको छ ।एजेन्सी







