
काठमाडौं, सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै भोलिदेखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको छ । खोप कार्यक्रम सुरु नभएका स्थानमा भोलिबाट लगाइने मन्त्रालयले जनाएको छ । यस्तै बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ ।







