
काठमाडौं, लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ परेका र्यापर आशिष राना ‘लाउरे’ लाई थप १७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीले उनीसहित चार जनालाई थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यसअघि ८ दिन थुनामा राख्न उनीहरुलाई अनुमति दिइएको थियो । सो म्याद सकिएपछि प्रहरीले उनीहरुलाई थुनामा राख्न थप १७ दिन मागेको थियो ।
लाउरेसहित पोखराका ३९ वर्षीय ध्रबबहादुर थापा, ३० वर्षीय नवीन गुरुङ र पोखराकै २२ वर्षीया सुस्मिता गुरुङलाई प्रहरीले ब्राउनसुगरसहित पुस १४ गते पक्राउ गरेको थियो ।







