
काठमाडौं, लामो समयदेखि सर्वोच्च अदालत परिसरमा जारी विरोधसभा रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको आन्दोलन गैर कानुनी भएको भन्दै आन्दोलन रोक्न विपक्षीका नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् । हाल रिट दर्ता पक्रियामा रहेको छ ।
यसैगरी कानून मन्त्रालय, सर्वोच्च अदालत र नेपाल बार एशोसिएशनलाई विषक्षी बनाई दायर गरेको सो रिटमा नेपाल बारले दैनिक ११ बजेदेखि १२ बजेसम्म ईजलासमा कुनै पनि काम कारवाही नगर्नु भनी गरेका निर्णय उत्प्रेषणको आदेशले बदर गरी अदालतको सुनुवाई प्रक्रिया १०ः३० देखि नै सुचालु गर्न विपक्षीको नाममा परमादेश माग गरिएको छ ।
सर्वोच्च अदालत परिसर भित्र कुुनै प्रकारको आन्दोलनको नाममा जुलुस, नारा, विरोधसभा एवं धर्ना लगाएतका कार्य नगर्न र अदालतलाई शान्ति क्षेत्रको रुपमा कायम गर्न पनि परमादेशको माग गरिएको छ ।







