
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाको कोभिड-१९ परीक्षण गरिँदैछ । शनिबारबाट आइसोलेशनमा बसेका देउवाको आज कोभिड–नाइन्टिन परीक्षण हुन लागेको हो । यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बस्नुभएको हो ।
दुई दिनअघि मात्रै बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए ।
यसैगरी प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।







