
काठमाडौं, स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको रियल मड्रिडले आफ्नो विजयी यात्रा जारी राखेको छ । रियलले आफ्नो पछिल्लो खेलमा भ्यालेन्सियामाथि ४–१ को सहज जित निकालेको हो ।
घरेलु मैदानमा करिम बेञ्जिमाले रियललाई ४३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ५२औं र ६१औं मिनेटमा भिनिकस जुनियरले दुई गोल थपे ।
७६औं मिनेटमा भ्यालेन्सियाका गोन्सालो ग्यूडेसले गोल गरेपछि खेल ३–१ को स्थितीमा पुग्यो । त्यसपछि बेञ्जिमाले ८८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेसँगै रियलले खेल ४(१ ले जित्यो ।
जितसँगै रियलले आफ्नो अग्रता ८ अंकले बढाएको छ । रियलले २१ खेलबाट ४९ अंक जोड्दा दुई खेल कम खेलेको सेभियाको ४१ अंक छ ।एजेन्सी







