
काठमाडौं, नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा शनिबार बालकोटस्थित ओलीको निवासमै पुगेका थिए ।
देउवा–ओलीबीच एक घण्टासम्म ‘वान टु वान’ वार्ता भएको थियो भने उक्त भेटवार्ता राम्रो भएको बताएका छन् । यद्यपि उनीहरूबीच के–के कुराकानी भएको हो ? त्यसबारे सचिवालयले हाल खुलाएको छैन ।
भेटपछि भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले वार्ता राम्रो भएको प्रतिक्रिया दिएका छन् । यसैगरी ओलीका प्रेस संयोजक रामशरण बजगाईंले दुई नेताहरुबीच एक घण्टासम्म वार्ता भएको, तर ‘वान टु वान’ वार्ता भएकाले आफूलाई थाहा नभएको बताए ।







