
पुष २४ गते, दक्षिण काेरिया साैल । पत्रकार महासंघ दक्षिण कोरिया शाखाले सदस्यता आवेदन खुलाएको छ । जनवरी ७ तारिखका दिन महासंघका अध्यक्ष रन्जनराज कुँवरकाे प्रमुख उपस्थितिमा गरिएको बैठकलबाट जनवरी ८ तारिख देखि २३ तारिखसम्म याेग्य व्यक्तिले आवेदन दिन सकिने गरि सदस्यता खुला गर्ने निर्णय भएको हाे ।
याेग्यता पुग्ने व्यक्तिहरुले नेपाल पत्रकार महासंघ काेरियाको सदस्यतामा आवेदन गर्न सकिनेछ ।
सदस्यता बन्नाका लागि निम्न कुरा हुन जरुरी छ ।
(क) पत्रकारिता वा अरू कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारिता पेशामा लागेको
व्यक्ति ।
(ख) पत्रकारिता वा अन्य कुनै विषयमा उच्चमाध्यमिक तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति । तर, महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारू,
मुस्लिम, अपाङ्गता वा अन्य पहिचान भएका व्यक्ति र अल्पसंख्यक, उत्पीडित वा पिछडिएको क्षेत्र र कर्णालीका हकमा एक वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भए पुग्नेछ ।(ग) महासंघको सदस्य हुन १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ ।
त्यसैगरी सदस्यता शुल्क १ लाख काेरियन वन लाग्ने महासंघका महासचिव मीन बिकले जानकारी दिएका छन् । उनका अनुसार सदस्यता लिन चाहनेहरुले ब्यक्तिगत विवरण र माथि उल्लेख गरिएबमोजिमका कागजातहरु पत्रकार महासंघ काेरिया शाखाको जीमेल आइडिमा फठाउन सकिनेछ। साथै थप जानकारी लिनु परेमा उक्त नम्बरमा सम्पर्क गर्न पनि सकिनेछ ।
( [email protected] ) https://www.facebook.com/100237805005782/posts/469563391406553/







