
काठमाडौं पुस १९ गते । गएको २४ घण्टामा नेपालमा ३२६ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ४९८ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट २९१ जना र एन्टीजेन परिक्षण विधीबाट ३५ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । थप २५५ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९८ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ५९८ जना पुगेका छन् ।







