
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका २३ वर्षीय छोरा बबी सोडारी सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार सोडारीलाई आइतवार सवारी ज्यान मुद्दामा पक्राउ परेका हुन् ।सोडारीलाई लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।
प्रहरीका अनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् ।न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्यु भएको थियो ।
घाइते न्यौपानेको उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहेका सोडारी मृत्युपछि भने सम्पर्कविहीन भएका थिए । अनुसन्धानपछि अदालतमा पेश गर्ने जनाइएको छ । lokantar







