
नयाँदिल्ली, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । आइतबार नयाँदिल्लीमा भएको सो भेटमा दुई देशको सम्बन्ध र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको हो ।
काँग्रेस नेतृ तथा प्रधानमन्त्री शेर बहादुर देउवाको श्रीमती आरजुसँग आइतबार भेट भएको चौथाइवालेले ट्वीटरमार्फत् जानकारी दिएज्का हुन् । नेतृ देउवा निजी प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारीका लागि दिल्ली पुगेकी हुन् ।







