
पोखरा, नेपालको चर्चित र्यापर आशिष राना ‘लाउरे’ पोखरामा पक्राउ परेका छन् । कास्की प्रहरीले बुधबार लागूऔषध सेवनको अभियोगमा उनलाई पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाउरे लागू औषध ब्राउनसुगर सेवन गरेको भेटिएको थियो । तर उनीबाट लागूऔषध बरामद भने भएको छैन ।
यस्तै, पोखराको न्यूरोडबाट लाहुरेसहित ४ जना पक्राउ परेका थिए । उनी चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायकसमेत हुन् ।







