
काठमाडौं, पेशी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित भएको छ । बुधबार पेशी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित भएसँगै अब जिल्ला र उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी तोक्ने बाटो खुलेको हो ।
अब आगामी माघ २ गतेबाट जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुनेछ ।
यसैगरी अघिल्लो फुलकोर्ट बैठकले पेशी तोक्नका लागि नियमावली बनाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको थियो । अदालतले भने आवश्यक तयारी गरेर फुलकोर्टमा निर्णयार्थ पेश गरेपछि आज बसेको बैठकले पारित गरेको हो ।







