
काठमाडौं, माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अगाडि केन्द्रिय कार्य समितिको बैठक बस्ने भएको छ । आज बसेको संक्षिप्त स्थायी समितिको बैठकले आइतबार बिहान केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको हो ।
आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बसेपछि दिउँसो १ बजे राष्ट्रिय सम्मेलनको उद्घाटन हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।
यसैगरी शुक्रबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।







