
क्वालालम्पुर, मलेसियामा भारी मौसमी बाढीमा परि मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने ८ जना अझै बेपत्ता छन् । हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन्। ।
प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दुल्लाह सानीका अनुसार ४१ जनाको मृत्युमध्ये २५ जना सेलांगाेरमा, १५ जना पहाङमा र एकजना केलान्तानमा रहेका छन् ।

मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।एजेन्सी







