
काठमाडौं, कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएपछि काठमाडौं आवतजावत सवारी–साधनका लागि दिइने पास पूर्णरूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरूपमा बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौैंले बिहीबार सूचना जारी गरेर अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान रोक लागाएको जनाएको छ ।








