
काठमाडौँ, पुस ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा भएको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
संघीय संसद्को गतिरोध र अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीको विषयमा छलफल गर्दै बैठक सम्पन्न भएको हो ।
सरकारका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सर्वदलीय बैठकमा लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद्मा गर्दै आएको अवरोध र एमसीसी सम्झौताको विषयमा छलफल भएको हो । बैठकमा फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको उनको भनाइ छ ।







