
काठमाडौं, नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित भएका विजयकुमार गच्छदारले पुन मतगणनाका लागि निवेदन दिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार धनराज गुरुङले दुई मतान्तरले जीत हासिल गरेपछि गच्छदारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् । गुरुङ १९०८ मतसहित निर्वाचित हुँदा गच्छादारले १९०६ मत प्राप्त गरेका थिए ।







