काठमाडौं पुस ३ गते । गएको २४ घण्टामा नेपालमा १८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट १५८ जना र एन्टीजेन परिक्षण विधीबाट ३१ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । थप २५० जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७ दशमलव ९ प्रतिशत डिस्चार्ज भैसकेका छन् ।
नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ५७२ जना पुगेका छन् ।







