
काठमाडौं, कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । आज बिहानबाट सानेपास्थित कांग्रेस मुख्यालयमा मतगणना सुरु भएको हो ।
हालसम्म १०७५ मत गन्दा गगन थापा ६७३ र विश्वप्रकाश शर्मा ४३४ मतसहित अगाडि रहेका छन् भने प्रकाशशरण महत ३५३ मतसहित तेस्रो स्थानमा छन् ।
केहि समय अघि तेस्रो स्थानमा रहेका प्रदीप पौडेल भने ३४२ मतसहित चौथो स्थानमा झरेका छन् भने मीनेन्द्र रिजालले १०८ मत प्राप्त गरेका छन् ।
यसैगरी राजाराम कार्कीले १८ मत प्राप्त गरेका छन् । महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् ।







